चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँड, यी वेबसाईटबाट हेर्नुस् नतिजा

२७ भाद्र २०८०, बुधबार १०:१५

काठमाडौं । चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले साउन २८ गतेदेखि भदौ १० गतेसम्म नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

शेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट  https://rbbmbl.com.np/result/ipo-result-check, तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*