नेप्सेमा थप ८ करोड इकाई सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी भ्यालु फण्ड २ सूचीकृत भएको छ । बुधबार प्रति इकाई १० रुपैयाँका दरले ८ करोड इकाई सामुहिक लगानी कोष ‘लक्ष्मी भ्यालु फण्ड २’ नेप्सेमा सुचीकरण भएको छ ।
कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको स्टक सिम्बोल एलभीएफ २ कायम गरिएको छ । भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले आईतबारदेखि दोस्रो बजारमा सो इकाईहरु कारोबारमा आउने भएका छन् ।