एनआइसी एशिया बैंक र सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

२७ भाद्र २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार बढेसँगै लाभांश घोषणा गर्ने क्रममा रहेका वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ । बुधबार एनआईसी एशिया बैंकको सात करोड ९३ लाख रुपैयाँको सर्वाधिका शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँ, शिवम् सिमेन्टको पाँच करोड रुपैयाँ र आइएमई लाइफको आज सर्वाधिक कारोबार भएको छ ।

are

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*