झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८७ करोडमै सिमित

१ आश्विन २०८०, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर १९६९ को विन्दुमा कायम भएको छ ।

आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४४ हजारको कारोबार भएको छ । आज १४९ कम्पनीहरुको शेयरमूल्य बढ्दा ६२ कम्पनीको घटेको छ भने १५ कम्पनीको शेयरमूल्य यथावत रहेको छ ।

नेप्से बढेसँगै १२ उपसूचकमा हरियाली छाएको छ भने एकमात्र बैंकिङ उपसूचकमा ०.४० प्रतिशतको गिरावट आएको छ । आज सर्वाधिक ट्रेडिङ उपसूचक १.६० र हाईड्रोपावर उपसूचक १.०४ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*