इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ ।
उतारचडाबकाबीच नेप्से बढेसँगै इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसका साथै, आज भुुगोल इनर्जिको ८.७२ प्रतिशत, आरबीबी म्युचअल फण्ड २ को ७.७२ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ७ प्रतिशत लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।