लगातार घटिरहेको शेयर बजार माथि उकास्न अर्थमन्त्री डा. महतको पहल, सेबोन र नेप्सेका प्रमुखसँग छलफल

१ आश्विन २०८०, सोमबार २०:४५

काठमाडौं । सर्वसाधारण जनताको खर्बौ रुपैयाँ लगानी रहेको शेयर बजार लगातार घट्ने क्रममा गएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले यस क्षेत्रका सरोकारवाला निकायहरुसँग गम्भिर छलफल गरेका छन् ।

आज अर्थमन्त्रालयमा भएको छलफलमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको उपस्थिति रहेको थियो । सो छलफलमा लगातार घटिरहेको शेयर बजारलाई माथि उकास्न के के गर्न सकिन्छ घनेर धितोपत्र बोर्ड र नेप्सेका प्रमुखसँग सुझाव मागेका अर्थमन्त्रीले अब सो बमोजिम एक्सन लिने तयारी अघि बढाएका छन् ।

सो अनुसार अर्थमन्त्री डा. महतले पहिलो एक्सन शेयर धितो कर्जामा १२ करोडको सीमालाई हटाउने छन् । त्यसपछि थप सुधारको कार्य गर्ने तयारीमा अर्थमन्त्रालय रहेको बताइएको छ । कुनै समय कूल बजार पुँजिकरण ४० खर्बमाथि पुगेको थियो । पछिल्लो पटक कूल बजार पुँजिकरण २९ खर्बमा झरेको छ । देशको कूल ग्राहस्थ उत्पादन ४७ खर्बभन्दा बढि छ । सो आधारमा शेयर बजारमा पर्याप्त सम्भावनाहरु देखिएका छन् । तर, बजारमा गतिशिलता बढ्न नसक्दा शेयर बजारमा लगानीकर्ताहरुको खर्बौ रुपैयाँ डुब्न पुगेको छ ।

देशको अर्थतन्त्र चलायमान बनाउन शेयर बजार पनि चलायमान बनाउनुपर्ने भएकोले अर्थमन्त्री डा. महत आफै सक्रिय भएर शेयर बजारलाई गतिशिल बनाउन लागि परेका हुन् । अर्थमन्त्री शर्माले शेयर बजार खुम्चिने नीति नलिन मातहतका निकायहरुलाई निर्देशन समेत दिएका छन् ।

नेपालको शेयर बजारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको आगमनसँगै डाउनफलमा अघि बढिरहेको छ । साथै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कारण समेत शेयर बजारमा लगानीकर्ताहरुको खर्बौ रुपैयाँ डुबेको आरोप लाग्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*