तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२ आश्विन २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज १६.२४ अंकले बढेर १९८५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शुभम पावर, थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरको ९.८० प्रतिशत र अभियान लघुवित्तको ९.७९ प्रतिशत गरी कुल १८२ कम्पनीको शेयरमुल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*