समयमै वित्तिय विवरण नबुझाउने २४ कम्पनीको नेप्सेको कारवाहीमा पर्दै, हाईड्रो र लघुवित्तको सबैभन्दा धेरै (सूची सहित)

२ आश्विन २०८०, मंगलवार १८:२७

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७९र८०मा समयमै वित्तिय विवरण पेश गर्ने, ढिला गर्ने र पेश नगर्ने लिष्ट सार्वजनिक गरेको छ ।

बोर्डले सार्जनजिक गरेको वित्तिय विवरण अनुसार हालदसम्म २४ वटा कम्पनीले अझै गत आर्थिक वर्षको वित्तिय विवरण पेश गर्न सकेको छैन । समयमै वित्तीय विवरण पेस गर्नेमा १३९ वटा कम्पनी छन् भने ढिलो गरी पेस गर्नेमा ६४ वटा छन्।

समयमा वित्तिय विवरण पेश नगरेका कम्पनीहरु नेप्सेको कारवाहीमा पर्ने भएको छ।

हालसम्म १९ वटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १३ वटा फाइनान्स कम्पनी, होटेल तथा पर्यटन समूहका ३ वटा कम्पनी, ४१ वटा जलविद्युत, लगानी समूहका ३ वटा, ६ जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन समूहका २ वटा कम्पनी, ३१ वटा लघुवित्त, ७ निर्जीवन बीमा कमपनी, अन्यले १ र व्यापार समूहले १ ले वित्तिय विवरण बुझाएका छन् भने बाँकिले छैनन् ।

हाल नप्सेमा सूचीकृत तीन वटा विकास बैंक, दुई फाइनान्स कम्पनी, ११, जलविद्युत कम्पनी, ६ लघुवित्त र व्यापार चार कम्पनीले हालसम्म वित्तीय विवरण पेस नगरेको धितोपत्र बोर्डले जनाएको छ।

7qC5KFh1fAQx80Vc4tHR24F9RjxCJnt8G1jqUwwe

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*