दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे

७ आश्विन २०८०, आईतवार १५:११

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ ।

आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ । ६२ कम्पनीको शेयरमूल्य बढ्दा १६६ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमुल्यमा हलचल आएको छैन् ।

नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । आज एकमात्र माइक्रोफाइनान्स उपसूचक ०।९९ प्रतिशतले बढेको छ । आज फाइनान्स उपसूचक सर्वाधिक १।९८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*