फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट, कुनको कति ?(तथ्यांकसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले गिरावट भएको देखिन्छ ।
बुधबार फाइनान्स इन्डेक्स १ दशमलव ४२ प्रतिशत अर्थात २५ रुपैयाँले घटेर एक हजार ७६० को विन्दुमा कायम भएको छ । फाइनान्सको शेयर मूल्य २८५ रुपैयाँदेखि माथिदेखि साढे ५४० रुपैयाँ मुनि नै रहेका छन् । यो साता कारोबार भएका १ वटा फाइनान्सको शेयरमूल्य बढ्दा १३ फाइनान्सको शेयर मूल्यमा गिरावट आई कारोबार बन्द भएको छ ।
फाइनान्सहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य गोर्खाज फाइनान्सको रहेको छ । त्यस्तै, मन्जु श्री फाइनान्स, आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स लगायतको शेयरमूल्य बढी रहेको छ । यसका साथै समृद्धि फाइनान्स, मल्टीप्रपोज फाइनान्स तथा प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक कम रहेको छ ।