अप्पर तामाकोशीको ७०% अवितरित हकप्रद शेयर लिलामीमा आउने

२३ आश्विन २०८०, मंगलवार १४:२१

काठमाडौं । अप्पर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयरका लागि आवेदन नपरेपछि कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद शेयरको म्याद थप्दासमेत प्रयाप्त मात्रामा आवेदन नपरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । जसमध्ये ७ करोड ५० लाख २७ हजार ३४४ कित्ता शेयरका लागि आवेदन नपरेको हो ।

आवेदन नपरेर बिक्री हुन नसकेको शेयर कम्पनीले लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*