सानिमा जिआइसी इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२३ आश्विन २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ ।

शेयर बजार आज नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार १८ सयको विन्दुमा पुगेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सानिमा जिआईसी इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको तीन करोड ४४ लाख, एनआईसी एशिया बैंकको तीन करोड, शिवम् सिमेन्टको २ करोड ६३ लाख र सिटिजन लाइफको २ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

re

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*