यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए, कुनले कति ?

२३ आश्विन २०८०, मंगलवार १५:१६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार धेरै समय पश्चात आज फेरी १८ सयको विन्दुमा पुगेको छ ।

शेयर बजार आज १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार १८ सयको विन्दुमा झरेतापनि केही कम्पनीको शेयरमूल्य भने बृद्धि भएको छ । आज अप्पर लोहोरो खोला हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ८६ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै, इन्फिनिटी लघुवित्तको ४.१९, गुरासँ लघुवित्तको ४.०३, प्रभु बैंक डिभेन्चर २०८७को ३.८९ र इङ्वा हाइड्रोपावरको ३.६३ प्रतिशत सहित ३१ कम्पनीको शेयरमूल्य बढेको छ ।

 

 

share

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*