नेप्सेमा २ कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

२३ आश्विन २०८०, मंगलवार १५:२६

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप २ कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको सेयर कारोबारका लागि नेप्सेले सूचीकृत गरेको हो ।

नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर नेप्सेले सूचीकृत गरेको हो ।

त्यसैगरी, नेप्सेले माण्डू हाइड्रोपावरलाई पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज प्रदान गरेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँको दरले कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

दुबै कम्पनीको आईपीओ भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*