चिरख्वा हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २२ करोड रुपैयाँको आवेदन

२३ आश्विन २०८०, मंगलवार १७:१८

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने पहिलो दिनमा २२ करोड रुपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा १ लाख ९८ हजार ८१२ जनाबाट २२ लाख ४ हजार ९० कित्ता बराबर २२ करोड चार लाख रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*