नेप्सेको तथ्यांक अनाधिकृत रुपमा प्रयोग गरे कारबाहीमा पर्ने

२३ आश्विन २०८०, मंगलवार १८:१३

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनाधिकृत रुपमा तथ्यांक प्रयोग गरे कारबाही गर्ने भएको छ

नेप्सेको कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ९४० अनुसार निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

साथै अनाधिकृत रुपले नेप्सेका तथ्यांकहरुको प्रयोग नगरीदिनु हुन सम्पूर्ण प्रयोगकर्तालाई अनुरोध गरिन्छ । यसरी अनाधिकृत रुपले नेप्सेको तथ्यांकहरुको प्रयोग गरेरगराएको पाईएमा नेप्से कानूनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ भन्ने सूचनामा उल्लेख रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*