हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि कारोबारमा आउदै, कतिमा होला पहिलो कारोबार ?

२४ आश्विन २०८०, बुधबार ०९:५७

काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमीटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमीटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउदैछ । यी दुवै कम्पनीको आईपीओ मंगलबार सूचीकृत भएको थियो ।

नेप्सेले हाथवे इन्भेष्टमेन्टलाई दोश्रो बजारमा कारोबारका लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको छ । कम्पनीको ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर नेप्सेले सूचीकृत गरेको हो ।

त्यसैगरी, नेप्सेले माण्डू हाइड्रोपावरलाई पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज प्रदान गरेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँको दरले कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*