सोनापुर सिमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

२४ आश्विन २०८०, बुधबार ०९:५५

सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो ।

आईपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १० लाख ३२ हजार १ सय ३२ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*