आजसम्म कायम शेयरधनीले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल पाउने

२४ आश्विन २०८०, बुधबार १०:३२

काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल सुरक्षित गर्ने आज (असोज २४ गते) अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात असोज २५ गते बुकक्लोज गर्दैछ ।

जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।

फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*