सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको झण्डै साढे ५ लाख कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता २८० रुपैयाँमा जोकोहीले आवेदन दिन पाउने

२४ आश्विन २०८०, बुधबार १०:३८

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाँच लाख ३३ हजार ८६५ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको उक्त शेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । जसअनुसार मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

सेयर खरिदका लागि काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक २ गतेसम्म तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*