प्रभु सेलेक्ट फन्डको लाभांश वितरण सूरु

२४ आश्विन २०८०, बुधबार १०:४७

काठमाडौं । प्रभु सेलेक्ट फन्डले आफ्ना इकाइधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको जनाएको छ । फन्डले असोज १२ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेको इकाइधनीको खातामा लाभांश जम्मा गरेको जनाएको छ ।

यता, फन्डको योजना व्यवस्थापक प्रभु क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ । यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ ।

यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने प्रभु क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को नाफाबाट फन्डले कर सहित ९.५% नगद लाभांश वितरण गरेको हो । लाभांश वितरणको लागि यसले असोज १२ गते बुक क्लोज गरेको थियो । तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीको खातामा लाभांश जम्मा गरिदिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*