हाथवे इन्भेष्टमेन्ट र माण्डु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?

२४ आश्विन २०८०, बुधबार ११:१०

काठमाण्डौ । माण्डू हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा भएको छ ।

दोस्रो बजारमा हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबार २८५ रुपैयाँमा भएको छ । कम्पनीको शेयरमा सकारात्मक सर्किट पनि लागेको छ । नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९५.०९ देखि अधिकतम २८५.२७ रुपैयाँको ओपनिङ रेञ्ज प्रदान गरेको थियो । कम्पनीको ५० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख कित्ता सेयर नेप्सेले सूचीकृत गरेको हो ।

त्यसैगरी, दोस्रो बजारमा माण्डू हाइड्रोपावरको पहिलो कारोबार ३७३ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि न्यूनतम १२४.४२ रुपैयाँदेखि ३७३.२६ रुपैयाँको रेञ्ज प्रदान गरेको थियो । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँको दरले कुल १ करोड ३६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*