माण्डु हाइड्रोपावर र सिटी होटलको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

२४ आश्विन २०८०, बुधबार १५:१५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो ।

बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ ।

बुधबार शेयर बजारमा सामान्य आजदेखि दोस्रो बजारमा कारोबार आएकोे माण्डु हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिटी होटल र हाथवे इन्भेष्टमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसका साथै, समता घरेलु लघुवित्तको ९.९२ प्रतिशत, सयपत्री हाइड्रोपावरको ९.८५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*