भगवती र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

२४ आश्विन २०८०, बुधबार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा भगवती हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख २० हजार ६४७ कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १२० रुपैयाँदेखि ३६१ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको छ ।

यसका साथै, मिड सोलु हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ७४ लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १ सय रुपैयाँदेखि ३ सय रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

यी दुवै कम्पनीको आईपीओ भोलि अर्थात बिहीबार दोस्रो बजारमा कारोबार खुल्ला हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*