नेशनल हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

२४ आश्विन २०८०, बुधबार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको थप हुन आएको शेयर सूचीकृत भएको हो ।

कम्पनीले साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको शेयर प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँका दरले कुल २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको आज सूचीकृत भएको उक्त शेयर भोलि (बिहीबार) देखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*