चिरख्वा हाइड्रोपावरको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?

२४ आश्विन २०८०, बुधबार १७:४९

काठमाडौं । चिरख्वा हाइड्रो पावर लिमिटेडको आईपीओमा आजसम्म ५ लाख २० हजार २ आवेदकले ५७ लाख ४३ हजार ७० कित्ता शेयरका लागि ५७ करोड ४३ लाख ७ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरिएको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*