धितोपत्र बोर्डको अनुमति पाएसँगै पाँच कम्पनीले आईपीओ निष्काशन गर्ने, कुनले कति ?

२४ आश्विन २०८०, बुधबार १८:१०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा थप पाँच कम्पनीहरुले आईपीओ निष्काशनका लागि अनुमति निवेदन दिएका छन् ।

एसवाई प्यानल नेपाल, जगदम्बा स्टिल लिमिटेड, मविलुङ्ग लिमिटेड, एपेक्स हस्पिटालिटी र यमवालिङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन ।

एसवाई प्यानल नेपाले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको, जगदम्बाले ६ अर्ब २ करोड १० लाख, मविलुङ्ग लिमिटेडले १८ करोड ९० लाख ५३ हजार रुपैयाँको आइपीओ निष्काशन गर्न लागेको हो । त्यसैगरी, एपेक्सले २४ करोड र यमविलिङ्गले २८ करोड रुपैयाँको आइपीओ निष्काशन गर्न लागेका हुन् ।

जगदम्बाको सेयर बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने एसवाई प्यानलको प्रभु क्यापिटल, मविलुङ्ग इनर्जिको लक्ष्मी क्यापिटल, एपेक्स हस्पिटालिटीको हिमालयन क्यापिटल र यमवालिङ्ग हाइड्रोपावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिट रहेको छ ।

नियामक निकाय धितोपत्र बोर्डले सेयर निष्काशनको अनुमति प्रदान गरेपछि यी कम्पनीले सेयर जारी गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*