भगवती र मिड सोलु हाइड्रोपावरको आईपीओ आजदेखि कारोबारमा आउदै, ओपनिङ रेन्ज कति ?

२५ आश्विन २०८०, बिहीबार १०:०२

काठमाडौं । दोस्रो बजारमा आजदेखि भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ कारोबारमा आउदैछ ।

बुधबार नेप्सेमा भगवती हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख २० हजार ६४७ कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १२० रुपैयाँदेखि ३६१ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको छ ।

यसका साथै, मिड सोलु हाइड्रोपावरको अंकित मूल्य १ सय रुपैयाँका दरले ७४ लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १ सय रुपैयाँदेखि ३ सय रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*