भगवती र मिड सोलु हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार ?

२५ आश्विन २०८०, बिहीबार ११:२३

काठमाडौं । भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा आजदेखि कारोबार भएको छ ।

दोस्रो बजारमा भगवती हाइड्रोपावर पहिलो कारोबार ३६१ रुपैयाँमा भएको छ । बुधबार नेप्सेमा कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ५७ लाख २० हजार ६४७ कित्ता आईपीओ सूचीकृत भएको थियो । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १२० रुपैयाँदेखि ३६१ रुपैयाँसम्म ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

यसका साथै, मिड सोलु हाइड्रोपावर पहिलो कारोबार तीन सय रुपैयाँमा भएको छ । ब्धबार कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ७४ लाख ८४ हजार कित्ता आईपीओ सूचीकृत भएको थियो । कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सेले १ सय रुपैयाँदेखि ३ सय रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*