नबिल ब्यालेन्स्ड फण्ड २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२५ आश्विन २०८०, बिहीबार ११:३७

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फण्ड–२’को लाभांश सुरक्षित गर्ने आज अजोज २५ गते अन्तिम दिन रहेको छ ।

लाभांश वितरण प्रयोजनको लागि योजना व्यवस्थापक नबिल इन्भेस्टमेण्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा आज अर्थात २५ गते सम्म कायम इकाईधनीहरुले लाभांश पाउन योग्य हुनेछन् ।

योजना व्यवस्थापकले यस म्युचुअल फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९।८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९ दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । जसअनुसार इकाइधनीलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*