शिवश्री हाईड्रोपावरको सञ्चालकमा मन्दिप खनाल र विलवराज गौतम निर्वाचित

२५ आश्विन २०८०, बिहीबार १३:०५

काठमाडौं । शिवश्री हाईड्रोपावरको आज सम्पन्न बार्षिक साधारणसभाबाट दुई जना नयाँ सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको आज सम्पन्न भएको तेस्रो, चौथो, पाँचौं र छैटौं बार्षिक साधारणसभाबाट बैद्धिक हाईड्रो इन्भेष्टमेन्टको तर्फबाट मन्दिप खनाल र बिलवराज गौतम सञ्चालकमा निर्वाचित भएका हुन् । युवा व्यवसायी खनाल र गौतमले शिवश्री हाईड्रोपावर कम्पनीलाई लगानीकर्ताको हितमा उच्चतम प्रतिफल दिने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंको बुद्धनगरमा केन्द्रीय कार्यालय रहेको शिवश्री हाईड्रोपावरले सिन्धुपाल्चोकमा अपरचाकु आईड्रोप्रोजेक्ट निर्माण गरिरहेको छ । कूल २२.२ मेगावाट क्षेमताको सो आयोजना निर्माण गरिरहेको शिवश्री हाईड्रोपावर नेप्सेमा सूचिकृत कम्पनी हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*