२० अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे

२५ आश्विन २०८०, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ । नेप्से गत मंगलबार देखि अठार सयको विन्दुबाट माथि उक्लन नसकेको हो ।

आज ७५ लाख ५८ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ । नेप्से घटेसँगै १२ उपसूचकमा रातो पोतिएको छ । एकमात्र म्युचुअल फण्ड उपसूचक ०.१६ प्रतिशतले बढेको छ ।

आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक १.५९, निर्जीवन बीमा उपसूचक १.५२, फाइनान्स उपसूचक १.४१, जीवन बीमा उपसूचक १.४०, तथा विकास बैंक उपसूचक १.२३ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*