लक्ष्मी सनराइज बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२५ आश्विन २०८०, बिहीबार १५:०५

काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो ।

शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १६ करोड ३८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पाँच करोड चार लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको चार करोड, सिद्धार्थ बैंकको तीन करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*