चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, आजसम्म कति पर्यो आवेदन ?

२५ आश्विन २०८०, बिहीबार १७:१२

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आजसम्म ८ लाख ७३ हजार १८० आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ता शेयरका लागि ९५ करोड ६८ लाख ४३ हजारको आवेदन दिएका छन् ।

कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्काशन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।

स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरिएको हो।  कम्पनीको आइपीओमा आवेदन दिने भोली अन्तिम दिन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*