मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन कति पर्यो आवेदन ?

२५ आश्विन २०८०, बिहीबार १७:२६

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आज पहिलो दिन ३ लाख ६६ हजार ७११ जना आवेदकले ४२ लाख ६५ हजार ७९० कित्ता शेयरका लागि ४२ करोड ६५ लाख ७९ हजार रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य मै १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्काशन गरेको हो ।

असोज २४ गतेसम्मको कारोबार अवस्था अनुसार प्रतिकित्ता ५९१ रुपैयाँ शेयरमूल्य रहेको कम्पनीले सस्तो मूल्य मै सर्वसाधारण लगानीकर्तालाई खरिद गर्ने अवसर दिएको हो । यो एफपीओ गरिद गर्न लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*