नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि प्रतिफल वितरण गर्दै

२६ आश्विन २०८०, शुक्रबार ०९:५९

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले कात्तिक १ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्ने भएको छ ।

प्रतिफल वितरण प्रयोजनार्थ असोज २६ गते बुकक्लोज गरेको फण्डले, असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्न लागेको हो ।

फण्डले गत आर्थिक वर्षका लागि वितरण गर्ने घोषणा गरेको ९.६ प्रतिशत (कर सहित) प्रतिफल हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गर्नेछ ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई शीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ। हितग्राही खातामा बैंक खाता अद्यावधिक भएपछि मात्र फण्डले सो इकाईधनीहरुको खातामा प्रतिफल जम्मा गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*