रिलायन्स फाइनान्सको साढे ६ लाख कित्ता शेयर सूचीकृत

२६ आश्विन २०८०, शुक्रबार १२:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार रिलायन्स फाइनान्स लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ६ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरुलाई वितरण गरेको बोनश आज सूचीकृत भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*