नबिल व्यालेन्स्ड फण्ड-२ को इकाई मूल्य समायोजन

२६ आश्विन २०८०, शुक्रबार १३:२८

काठमाडौं । नबिल व्यालेन्स्ड फण्ड–२ को इकाई मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले शुक्रबार फण्डको ९.६० प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य ८ रुपैयाँ ३८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इकाईको मूल्य समायोजन गरेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार फण्डको ९ रुपैयाँ ३४ पैसामा अन्तिम कारोबार भएको थियो।

फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले यो दरमा प्रतिफल जम्मा गर्नेछ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो भने कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*