फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)

२७ आश्विन २०८०, शनिबार १०:००

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकको गिरावट आएको छ । बिहीबार नेप्से दाहोरो अंकले घट्दा फाइनान्स उपसूचक १.४१ प्रतिशतले घटेको हो ।

बिहीबार फाइनान्स सेक्टरबाट कुल १५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये २ कम्पनी जानकी फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमूल्य बढेको छ भने बाँकीका १३ कम्पनीहरुको शेयरमुल्य घटेको छ ।

बिहीबार गोर्खाज फाइनान्स र मन्जुश्री फाइनान्सको शेयर कारोबार सर्वाधिक क्रमशः ५०९.४० र ५०८ रुपैयाँमा भएको छ । त्यस्तै सर्वाधिक कम समृद्धि फाइनान्सको शेयर कारोबार २६० रुपैयाँमा र मल्टिपर्पस फाइनान्सको २७९ रुपैयाँमा कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*