चिरख्वा हाइड्रोपावरकको आईपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन

२६ आश्विन २०८०, शुक्रबार १७:२८

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्ममा १ अर्ब बढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा १२ लाख १२ हजार ६४५ जनाले १ करोड ३१ लाख ९९ हजार कित्ता बराबर १ अर्ब ३१ लाख रुपैयाँको आवेदन परेकोे छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित सर्वसाधारणका लागि बिक्री गरेको हो ।

यस अघि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो। जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीले जनाएको छ। त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २६ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*