मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२८ आश्विन २०८०, आईतवार ०९:५२

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी लिना बिष्टको एक हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित मिति (असोज २८) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर विवरण समेत खुलाई कम्पनीको सचिव कार्यालयमा पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयावभिधित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*