मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर लिलामीमा आउने

२८ आश्विन २०८०, आईतवार १०:१०

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक संस्थापक समूहतर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार ६५० कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक जो–कोही व्यक्ति वा संघसस्थाहरुले खरिद गर्न चाहेको शेयर संख्या सहित दर रेटसमेतको विवरण खुलाइ खुलाई कात्तिक १३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिशेयर तोकिएको छ भने कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*