मारुती सिमेन्ट्सले डाक्यो २९औं वार्षिक साधारण सभा, प्रिमियममा आईपीओ निष्काशन गर्ने

२९ आश्विन २०८०, सोमबार १०:१६

काठमाण्डौ । मारुती सिमेन्ट्स लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

सभाले कम्पनीमा हाल कायम ३० लाख थान अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै,सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर वितरण गर्ने र त्यसपछि हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ ।

अग्राधिकार सेयर कायम, बोनस सेयर वितरण र हकप्रद निष्कासनपछि कायम हुने अधिकृत, जारी र चुक्तापुँजी बमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।

नयाँ संशोधित नियमावली र प्रबन्धपत्रमा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने अजेन्डा सभाले स्वीकृत गर्नेछ ।

अग्राधिकार सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*