अरुण काबेलीको अवितरित हकप्रद शेयर लिलामीमा आउने

२९ आश्विन २०८०, सोमबार १०:४१

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको अवितरित शेयर लिलामीमा ल्याउन लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक एवम् योग्य जो–कोहीले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म खरिद गर्न चाहेको कित्ता र मूल्यसमेत तोकि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ ।

बोलपत्र आवेदन नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेड, नक्साल काडमाडौं वा नबिल बैंकको रंगेलीरोड शाखा, जलेश्वर शाखा, सातदोबाटो शाखा, सुर्यविनायक शाखा, न्यरोड पोखरा शाखा, कोहलपुर शाखा सुर्खेत शाखा र महेन्द्रनगर शाखाबाट लिन वा बुझाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*