एनआईसी एशिया म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

२९ आश्विन २०८०, सोमबार १०:५०

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । असोज २७ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*