नेप्सेमा चर्काे गिरावट, सबै उपसूचक राताम्मे

२९ आश्विन २०८०, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से २३ अंकले घटेर १८५१ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २८४ कम्पनीहरुको ४८ लाख ३७ हजार ८९३ कित्ता किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजारको कारोबार भएको छ । आज नेप्से घटेसँगै १३ वटै उपसूचकमा गिरावट आएको हो । आज जीवन बीमा उपसूचक सर्वाधिक २.०९ प्रतिशतले घटेको छ ।

त्यस्तै, होटल तथा पर्यटन उपसूचक २.०४, हाइड्रोपावर उपसूचक २.०२, ट्रेडिङ उपसूचक १.९६, माइक्रोफाइनान्स उपसूचक १.५८, इन्भेष्टमेन्ट उपसूचक १.२८ र फाइनान्स उपसूचक १.२५ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*