सानिमा सेक्यूरिटीजले थाल्यो कारोबार

२९ आश्विन २०८०, सोमबार १७:२०

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) ले कारोबार थालेको छ । कम्पनीले समुद्घाटन समारोहको आयोजना गर्दै सोमबार (आश्विन २९ गते) देखि आफ्नो कारोबारको सुरुवात गरेको हो ।

उक्त कार्यक्रमको समुद्घाटन सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डे र सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरेका हुन् ।

उक्त समारोहमा सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

यस सानिमा सेक्यूरिटीज लिमिटेडले गत श्रावण १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र गत भाद्र २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*