अरुण काबेलीको २० लाख बढी कित्ता शेयर लिलामी बिक्री खुला

३० आश्विन २०८०, मंगलवार ११:०४

काठमाडौं । अरुण काबेली पावरले आज (असोज ३० गते) देखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*