सिनर्जी पावरको अवितरित हकप्रद शेयर लिलामीमा आउने

३० आश्विन २०८०, मंगलवार १२:२७

काठमाडौं । सिनर्जी पावपर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले उक्त अवितरित शेयर लिलामीमा ल्याउन लागेको हो ।

कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर भदौ ३ गतेदेखि भदौ ३१ (म्याद थप समेत) गतेसम्म बिक्री खुल्ला गरी आवेदन खुलाएको थियो । उक्त हकप्रदमा पूर्ण आवेदन नपरेपछि बिक्री हुन नसकेको शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक जो–कोहीले कात्तिक १ गतेदेखि कात्तिक १५ गतेसम्म खरिद गर्न चाहेको कित्ता र रकमसमेत खुलाई आवेदन पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*