बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि नेप्सेमा हरियाली

३० आश्विन २०८०, मंगलवार १५:०४

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउन थालेपछि लगानीकर्तामा उत्साह थपिदा शेयरबजार बढेको हो ।

आज नेप्से परिसूचक १३।१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजारको कारोबार भएको छ ।

बजार बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ३ उपसूचकमा भने रातो पोतिएको छ । आज होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक क्रमशः ०.२७, ०.५३ र १.२५ प्रतिशतले घटेका छन् भने फाइनान्स, बैंकिङ, र म्युचुअल फण्ड उपसूचक क्रमशः १।३०, १।१० र १।०६ प्रतिशतले बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*